३१ जेष्ठ- मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले सुनसरी दुहबी नगरपालिका-४ बस्ने २० वर्षीय पारस चौधरी र झापा गौरादह नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव खड्कालाई २ ग्राम ५३ मिलिग्राम तथा मोरङ सुन्दर हरैचा नगरपालिका-४ बस्ने २१ वर्षीय मदन चौधरी र भोजपुर अरुण गाउँपालिका-१ बस्ने २० वर्षीय बिनोद सिवा परियारलाई ४१ ग्राम ३३ मिलिग्रामसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ पुरैनी बस्ने २७ वर्षीय पम्पु धोबी र ४० वर्षीय सुकरेत रावत रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ बाबाथानबाट अवैध लागूऔषध चरेश १५ ग्राम ३ मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय सुरज सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त चरेश सोही नगरपालिका-२ पूर्णा टोल बस्ने ५० वर्षीय गणेश सिंह साउदबाट खरिद गरी ल्याएको खुल्न आएपछि गणेशको सोही ठाउँस्थित पसलबाट ६० ग्राम चरेश फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बाङ्गे बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय दिवस भण्डारी, ४० वर्षीय अनिल राई, २४ वर्षीय संगम राई र मोरङ कानेपोखरी गाउँपालिका-२ केरवन बस्ने २६ वर्षीय देवेन्द्र बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्