२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३१ जेष्ठ- बर्दिया, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बिजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बन्जाराले ती महिलालाई सोमबार राति पीडितकै कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुर(क)बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।

ओखलढुंगा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती किशोरीलाई ओखलढुंगा मोलुङ गाउँपालिका-८ बर्खे भन्ने स्थानको जंगलमा मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्