महिला प्रहरी जवान करिष्मा सुनार शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला

३१ जेष्ठ- सिरहा, सिरहाको जिल्ला प्रहरी कार्यालयभित्रै महिला प्रहरी जवान करिष्मा सुनार महिला तथा वालबालिका सेलभित्रको शौचालयमा बिहीवार अपरान्ह करिब ४ बजे झुण्डिएको अवस्थामा मृत फेला परेकि छिन् ।

 

बिहान ड्युटी सकेर उनी खाना खान कार्यालय छिरेकी थिइन् । निकैबेर नआएपछि खोजतलास गर्दा शौचालयको सावरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन ।

सिरहा प्रहरीको अनुसार सुनारको परिवार नेपालगञ्जमा छन, उहाँहरू आएपछि मात्रै घटनास्थल देखाएर शवको मुचुल्का उठाउने जानकारी दिए।’

प्रतिक्रिया दिनुहोस्