ज्ञनेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न सोधेः गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ

२९ जेष्ठ- काठमाडौँ, संसदमा विशेष समय लिएर बोल्दै सांसद ज्ञनेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका हुन् ।

सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् ।

उनले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए । उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

उनले भनेः आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्