२६ जेठ- पाल्पा, शनिबार दिउँसो १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा अहमद खोलामा डुबेका थिए । पाल्पा घुम्न आएका भारतीय पर्यटकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्