खुकुरी प्रहार गरि आर्मीका एक जवानले श्रीमतीको हत्या गरी फरार

२५ जेष्ठ- दाङको तुलसीपुरमा नेपाल आर्मीका एक जवान श्रीमतीको हत्या गरी फरार भएका छन् ।

शुक्रबार बिहान ८ बजेतिर तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या पछि फरार भएका हुन ।

खुकुरी प्रहार गरि शालिकरामले श्रीमति टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुले जनाएको छ ।

स्थानीयले हातमा खुकुरी लिएर हिँडिरहेको देखेको बताएका छन्। स्थानीय पनि त्रसित छन्।’

उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे  थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्