सहकारी ठगीका विषयमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक बस्दै

२५ जेष्ठ- काठमाडौं, सहकारी संस्थामा भएको ठगीका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा कार्यविधिलगायतका विषयमा छलफल हुने समिति संयोजकले जानकारी दिए ।

यसअघि गत बुधबार बसेको समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा पेस गर्न समिति सचिवालयलाई आजसम्मको समयसिमा तोकेको थियो । सचिवालयले पेश गर्ने कार्यविधि लगायतमा आज छलफल हुने संयोजकले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्