आफ्नै शरीरमा आगो लगाएका कामतको उपचारका क्रममा मृत्यु

२४ जेष्ठ – विराटनगर, विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामत पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका उपचारका क्रममा बिहीबार दिउँसो १ बजेतिर मृत्यु भएको छ।
उनले विराटनगर–७ हरियाली टोलमा मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए।

गम्भीर घाइते भएका कामतको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ। आगोले कामतको शरीरको ७० प्रतिशत भाग जलेको थियो। घटनाको अनुसन्धान भइरहेको छ।

 

उनका अनुसार कामतले आफैंलाई आगो लगाउनुको कारण खुल्न बाँकी छ। उनी केही समयदेखि पारिवारिक तनावमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्