टिकटकले प्रतिबन्ध फुकुवा गरिदिन सरकारलाई पत्राचार गरेको छ ।

२४ जेष्ठ- काठमाडौं, चिनिया स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकले प्रतिबन्ध फुकुवा गरिदिन सरकारलाई पत्राचार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुनः पत्र लेख्दै यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन उसले आग्रह गरेको हो ।

 

टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले पत्र लेख्दै प्रतिबन्धका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । यसअघि पनि टिकटकले गत जनवरी २२ मा पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको थियो । सरकारसँग मिलेर काम गर्ने इच्छा र प्रतिबद्धता प्रस्तावका विच पनि प्रतिबन्ध फुकुवा नभएकोमा टिकटकले दुःख समेत प्रकट गरेको छ ।

यसविचमा टिकटकले नेपाल सरकारलाई सातपटक पत्राचार गरेको जनाएको छ । नेपाललाई अभिव्यक्ति स्वतन्त्रता र उदारवादी नीतिको पक्षमा रहेको मुलुकको संज्ञा दिदै टिकटकले चाँडो प्रतिबन्ध फुकुवा गर्न आग्रह समेत गरेको छ । सरकारले गत कात्तिक २७ गते टिकटकलाई प्रतिबन्ध घोषणा गरेको थियो ।।

प्रतिक्रिया दिनुहोस्