सर्वोच्च अदालतले दुई दशक पुराना भ्रष्टाचारका मुद्दा सल्टाउँदै

२४ जेष्ठ- काठमाडौं, अहिले सर्वोच्च अदालतले लामो समयदेखि फाइल नै नखोली राखिएका भ्रष्टाचारका ‘हाइ प्रोफाइल’ मुद्दामा भटाभट सुनुवाइ अगाडि बढाएको छ । सर्वोच्चले केही मुद्दामा फैसला सुनाएको छ भने केहीमा बहस सकेर ‘निसु’ तोकेको छ ।

त्यस्तै भ्रष्टाचारका अन्य मुद्दालाई पनि अभियान फाँट अन्तर्गत राखेर सुुनुवाइ थालेको छ । अख्तियारले २०६० सालपछि दायर गरेका यस्ता मुद्दाहरू अन्तिम सुनुवाइ गरेर टुङ्ग्याउन लागेको हो । सर्वोच्चले नेपाली कांग्रेसका पूर्वमन्त्रीहरू जयप्रकाश प्रसाद गुप्ता, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेको मुद्दा विगतमै टुङ्ग्याएको थियो । केही उच्च तहका कर्मचारीहरूको मुद्दा पनि सोही कालखण्डमा टुङ्गिएको थियो ।

तर सर्वोच्चमा रेग्मीपछिको कार्यकाल सम्हालेका प्रधान न्यायाधीशहरूको समयमा यी मुद्दा अल्झेर बसे । यसरी अल्झिनेमा गोविन्दराज जोशी, मदनराज शर्मा, युवराज शर्मा लगायतका मुद्दा थिए ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले सर्वोच्च वा प्रधान न्यायाधीशको कारणले मात्र मुद्दा ढिलाइ नभएको बताए । समयमा न्यायाधीश नहुनु, परिषदले रिक्त न्यायाधीश पदमा समयमै नियुक्तिको सिफारिस नगर्नेदेखि केही मुद्दामा नियत राखेर पनि रोकिएको केसीको बुझाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्