टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु

२४ जेष्ठ- कैलाली, कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी बि.कको बुधवार मृत्यु भएको हो। हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्