मधेशमा ६ वर्षपछि जसपाको सरकार ढल्यो

२४ जेष्ठ- वीरगन्ज, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन। बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ। विपक्षमा भने ५३ मत परेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन्। विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन्।

गठबन्धन फेरबदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित भएपनि पाँचौंपटक विश्वासको मत लिने बेला सदनमै मुख्यमन्त्री पद गुमाउनु परेको हो।

योसँगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ। अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी भएको नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्