हुरीबतास र भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको अनुरोध

२४ जेष्ठ- काठमाडौं, जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र वाग्मती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज बिहान जारी गरेको सूचनाअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी र कोशी प्रदेशका एक/दुई स्थानमा हुरीबतासको पनि सम्भावना रहेको बताएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भेगका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागको सूचनामा उल्लेख छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक/दुई स्थानमा हुरीबतासको पनि सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्