कर्णाली नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता

२४ जेष्ठ- कैलाली, कर्णाली नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–४ स्थित प्युठानको स्वर्गद्वारी नगरपालिका–१ जिमरी घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–४ कठ्युर मोहन्याल सामुदायीक वनमा खोटो निकाल्ने काम गर्ने ४१ वर्षीय धनबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्