एकैदिन ८ लाख बढीका सामान बरामद

२४ जेष्ठ- काठमाडौं,  कैलाली र कञ्चनपुरबाट एकैदिन ८ लाख बढीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिकाको नेपाल भारत सिमाना नजिक र त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७ लाख ५० हजार ४२० मूल्यको सामान बरामद गरिएको हो। उक्त मूल्य राबरको प्याज, चिनी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, मोबाईलका बिभिन्न पार्ट पुर्जा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट बुधवार खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्