भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले बहुमत ल्याउन सकेन

२३ जेष्ठ- काठमाडौं, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपा लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ । पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यस पटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने स्थिति छ । अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुजस्ता नेताको मन र मतमा निर्भर रहने भएको हो ।

पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएको छ । यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ । विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ। काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम डिएमके २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना उद्धव ठाकरे ९ सिट, एनसीपी सपा ले आठ सिटमा जित हासलि गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जितेका छन । कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकालेका छन ।

उत्तर प्रदेशमा भाजपालाई ठूलो धक्का लागेको छ। उसले अघिल्लो चुनावमा ६४ सिट जिजेकोमा यो पटक ३३ सिटमा समेटिएको छ। समाजवादी पार्टीले यहाँ ३७ सिट ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताएका छन । उनी तेस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी गर्नेछन ।।

प्रतिक्रिया दिनुहोस्