कलाकारहरुको तीनओटा संस्थाद्धारा सँस्कृति पर्यटन मन्त्री तामाङलाई ज्ञापनपत्र

२३ जेष्ठ- काठमाडौं, कलाकारहरुको तीनओटा संस्थाले सँस्कृति पर्यटन तथा नागरीक उडडयन मन्त्री हित वहादुर तामाङलाई सँस्कृतिको संरक्षण तथा नियमनका लागि ज्ञापनपत्र वुझाएको छ ।

गत सोमबार जेठ २१ गते मन्त्रालयमा राष्ट्रिय साँस्कृतिक प्रतिष्ठान नेपालका सँस्थापक अध्यक्ष शिवनारायण जोशी, काव्य म्यूजिक सेन्टरका प्रवन्ध निर्देशक रमेश श्रेष्ठ र राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति काठमाण्डौंका सचिव शिवराम भण्डारीको तर्फवाट संयुक्त रुपमा ज्ञापनपत्र वुझाएको हो ।

ज्ञापनपत्रमा हाम्रो रितिरिवाज परम्परा तथा मूल्य मान्यताहरुको वर्तमान अवस्था र भविष्यमा हुने विकृति विसंगतिको खोज ,समाधान संरक्षण सम्वद्र्धन ,नेपालभर रहेका लोक कलाकारको पहिचान ,परिचयपत्र, वौद्धिक सम्पत्तिको संरक्षण , राज्यवाट निर्माण भएका ऐन नियमको कार्यन्वयन सम्वन्धमा लगायत अश्लील शव्द तथा दृश्यहरुले विकृति विसंगति निम्त्याएका कारण सेन्सर वोर्डको आवश्यकता भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र वुझदै मन्त्री तामाङले सँस्कृति संरक्षणमा कलाकारहरुको चिन्तन मनन वुझेर छिट्टै केहि सँस्कृति अध्ययन गरेका कलाकार र मन्त्रालयको तर्फवाट कार्यदल गठन र सँस्कृति विभागमा छलफल भइरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्