फणीन्द्र सुवेदिको चारओटा गीत एकसाथ विमोचन

२३ जेष्ठ – परशुराम चौधरीको निर्देशनमा गायक फणीन्द्र सुवेदिको चारओटा गीतको म्युजिक भिडियो विमोचन भएको छ । गत विहिबार जेठ १७ गते इटहरिस्थित रहेको म्याजिक सिनेमा हल झुम्कामा पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईको प्रमुख आतिथ्यमा विमोचन समारोह सम्पन्न भएको हो ।

तिम्रै मायाले मा¥यो लौ, ए नि लै लै ,जाउँ जाउँ ढल्के बर र मिक्लाजुङको रवि वजार यी चारगीतहरु केहि वर्ष अघि रेकर्ड भएपनी गीतको भिडियो भने अहिले सार्वजनिक भएको छ । फणीन्द्र सुवेदि नामक युट्युव च्यानल मार्फत सार्वजनिक गीत जाउँ जाउँ ढल्के बरमा फणीन्द्र सुवेदि र रजिना रिमालको स्वर छ , ए नि लै लै र तिम्रै मायाले मा¥यो लौ मा गायक सुवेदिको एकल स्वर , मिक्लाजुङको रवि वजार यो गीतमा भने फणीन्द्र सुवेदि र दिपक नारायण चौधरीको स्वर रहेको छ , गायक सुवेदि २०३४ सालदेखि गायन यात्रामा सक्रिय छन भने विमोचन भएका सवै गीतहरुमा परशुराम चौधरीको निर्देशन रहेको छ ।

नेपाल चलचित्र संघ पूर्वाञ्चल शाखाको आयोजनामा भएको कार्यक्रममा विमोचन गरिएका गीतहरुमा आवद्धता भएका कलाकारहरु तथा सहयोगीहरुलाई सम्मान पनी गरिएको थियो । कार्यक्रममा गायक तथा संगितकार फणीन्द्र सुवेदि, कलाकार रेणु चौधरी, मोडल दिनेश कोइराला, मोडल मेनुका माझी, नृत्य निर्देशक तुलसी घिमिरे, निर्देशक कात्तिक राजबंशी, गायक तथा संगीतकार प्रवलदिप विश्वास, कलकार जयनारायण चौधरी, छायाकार तथा सम्पादक हेमन तामाङ लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल चलचित्र संघ पूर्वाञ्चल शाखाका सभापति परशुराम चौधरीले कोशि प्रदेश कलाको खानी भएको र राज्य स्तरवाट कलाकारहरुको सम्मानको आवश्यकता रहेको उल्लेख गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्