हावाहुरीले ढालेको रुखले किचेर मंगलबार एक युवकको मृत्यु

२२ जेष्ठ- हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका–ट्यांकीदमारका हावाहुरीले ढालेको रुखले किचेर मंगलबार एक युवकको मृत्यु भएको छ । २२ वर्षीय रामबहादुर गोलेको साजको रुखले किचेर मृत्यु भएको हो ।

पानीसँगै आएको हावाहुरीले साजको रुखले किचेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकको वारीमा घाँस काटिरहेको अवस्थामा गोलेलाई साजको रुख भाचिएर किचेको थियो ।

प्रतिक्रिया दिनुहोस्