पोखरामा मोटरसाइकल चोरी आरोपमा एक जना पक्राउ

२२ जेष्ठ- पोखरा, पार्किङमा रोकी राखेको ग।१५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा पोखरा महानगरपालिका(१४ सितलटोलमा बस्ने २१ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले नक्कली चाबी प्रयोग गरी मोटरसाइकल चोरी गरी मोटरसाइकल डोर्‍याउँदै लगी रहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्