२० जेठ- काठमाडौं, सरकारले बजेट भाषण मार्फत २०८१-८२ बाट सुन आयातमा कोटा प्रणाली र भंसार महसुल बढाए संगै सुन तथा चाँदी व्यवसायीहरू सरकारको यस कार्य प्रति असहमती जनाउदै माइतीघर मण्डलामा प्रर्दशन गरेका छन
सरकारले सुन आयातमा भंसार दर बढाएर अवैध कारोवारलाई प्रोत्साहन दिन खोजेको भन्दै व्यवसायीहरुले आज माइतघर मण्डलामा प्रर्दशन गरेका हुन ।
सुनमा लगाएको सिन्डिकेट खारेज गर, कोटा प्रणाली खारेज गर, सुन आयातमा लगाएको भंसार महशुल फिर्ता ले भन्ने नाराबाजी गरेका व्यवसायीले प्लेकार्ड लिएर सरकारको विरोध गरेका थिए ।
सरकारले तस्करहरुलाई फाइदा पुग्नेगरी हालै बढाएको सुन आयातको भंसार महशुल तत्काल खारेज गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । व्यवसायीको मागलाई तत्काल सम्वोधन नगरे संघर्षका कार्यक्रम घोषणा गरिने संघर्षका समितिका संयोजक विपिन रामुदामुले बताए ।
सरकारको यस निर्णयको कारण राज्यलाई अबौं रुपियाँको राजश्व नोक्सान हुने, उपभोक्ता माथि अझ बढी भार पर्ने र बजारमा अवैध कारोवर बढदा बास्तवीक गहना व्यवसायी अप्ठारोमा पर्ने देखिएकोले सरकारको गलत निर्णका विरुद्ध सडक आन्दोलनमा उत्रनु परेको संयोजक विपिन रामुदामुले बताए ।
विरोध कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य, उपाध्यक्ष विपिन रामुदामु, नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता, नेपाल राष्ट्रिय कालिगढ संघ अध्यक्ष अर्जुन विश्वकर्मा लगायत काठमाडौं उपत्यकामा रहेका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
सरकारको यस्तो कदमको देशै भरी छरिएर रहेका सुन तथा चाँदी व्यवसायीले भर्षना गरेका छन, पटक पटक व्यवसायीहरूले मूल्य बृद्धी र कोटा प्रणालीले जनता र व्यवसायीहरूलाई मारमा पार्न सक्ने कुरा सरकारलाई जनता र व्यवसायीहरूलाई जानकारी गराएनी सरकारले व्यवसायीहरूको कुरालाई सधै बेवास्ता गरेको व्यवसायीको भनाइ छ
प्रतिक्रिया दिनुहोस्