२० जेष्ठ- काठमाडौं, सुनको कोटा प्रणाली खारेज हुनुपर्ने र सुनमा बढाइएको भन्सार वृद्धि घटाउनुपर्ने सुनचाँदी व्यवसायीले माग गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रम पश्चात व्यवसायीहरुले सुनचाँदी व्यवसायीहरुले भन्सार वृद्धिले सुनचाँदी व्यवसाय धरासयी हुन लागेको भन्दैं आन्दोलनको विकल्प नभएको बताएका हुन् । उनीहरुले त्यसको विरोधमा आज दिउँसो १२ बजे माईतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने भएका हुन् ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेट भाषणले नेपाल अवैध सुन ओसार पोसार गर्ने ट्रान्जीट बन्ने र यसले व्यवसायमा असर पार्ने बताएका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले सरकारले व्यवसायीसँग सल्लाहनै नगरी हचुवाको भरमा व्यवसायलाई धरासयी बनाउने हिसावबाट सुनमा भन्सार वृद्धि गरिएको भन्दैं विरोध जनाएका छन् ।
नेपाल रत्न तथा आभूषण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले भन्सारवृद्धिले भारतमा सुन सस्तो हुनेभएकाले अव सीमा क्षेत्र देखि मुख्य बजारका सुनचाँदी पसल बन्द हुने अवस्था आउने भन्दैं भन्सारवृद्धि शुल्क अविलम्व फिर्ता लिन आग्रह गरे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले भन्सार वृद्धि अविलम्ब फिर्ता लिनुपर्ने भन्दैं अन्यथा सुनचाँदी बजारमा भयावहको अवस्था आउने बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष अर्जून विश्वकर्मा,नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष श्यामकुमार विश्वकर्मा,नेपाल राष्ट्रिय कालिगढ संघका अध्यक्ष अर्जून विश्वकर्मा,व्यवसायीहरु मदनकाजी शाक्य,नारायण खड्काथोकी,विकास बर्मा,रविन्द्र पन्थी लगायतले कोटा प्रणाली खारेज गरेर वैज्ञानिक सुन वितरण प्रणाली अवलम्वन गर्नुपर्ने बताए । साथै भन्सार शुल्क वृद्धि फिर्ता नभए व्यवसायबाट पलायन हुनुपर्ने भन्दैं चिन्ता व्यक्त गरे । सरकारले भन्सार शुल्क बढाएसँग नेपालमा भारतमा भन्दा नेपालमा सुन महँगो पर्ने भएको छ । तोलामा व्यवसायीहरुले कम्तीमा २९ हजार बरावरको भन्सार तिर्नुपर्दा सुनको भाउ समेत नेपालमा वृद्धि हुन गई महँगो पर्ने भएको हो ।
यसले सुनको गहना खरिदको लागि ग्राहकहरु भारततर्फ जाने र उताबाट नै नेपालमा गहना भित्रिने भएकाले नेपालमा स्वदेशी कालिगढको समेत पलायन हुने अवस्था आएको व्यवसायी तथा कालिगढहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्