मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु

१९ जेष्ठ- मुगु, यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु भएको छ ।

 

जसमा छायाँनाथ रारा नगरपालिका वडा नं १२ सुमन बुढा वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ बर्षिय शोभान बुढा लेक लागेर मृत्यु भएको हो ।

उनीहरु सँगै सिकिस्त बिरामि भएका राज बहादुर साँवतको पनि शनिवार दिउँसो ठुलो कोईकी पाटन बाट मुगु गाउँ तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो। यसरी मुगुमा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको मुगुको प्रहरी ले जनाएको छ। मृतक तीनै जना एउटै वडा नम्वर १२ का स्थानीय युवा हुन ।

 

प्रतिक्रिया दिनुहोस्