यार्सा टिप्न गएका एक युवकको भिरबाट लडेर मृत्यु

१९ जेष्ठ- दार्चुलाः,दार्चुलामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो। यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको वडाअध्यक्ष कार्कीले बताए। मृत्तकको शव आफन्तले लेकबाट गाउँतिर ल्याएर दाहसंस्कार भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्