अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा नदी पार गर्ने क्रममा डुंगा डुब्दा २० जनाको मृत्यु

१९ जेष्ठ-अफगानिस्तान,  शनिबार अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा नदी पार गर्ने क्रममा डुंगा डुब्दा २० जनाको मृत्यु भएको छ ।

पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान ७ बजे महिला तथा बालबालिका बोकेको डुंगा नदीमा डुबेको थियो।

अधिकारीका अनुसार दुर्घटना परेका पाँच जना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।जिकैमा पुल नभएको कारण यस क्षेत्रका बासिन्दाले प्रायःखराब अवस्थामा डुङ्गा प्रयोग गरेर नियमितरूपमा नदी पार गर्ने गरेको स्थानीय मिडियाले जनाएको छ ।

नङ्गरहार सूचना तथा संस्कृति विभागले मिडियालाई दिएको सन्देशमा अधिकारीले उक्त क्षेत्रमा मेडिकल टोली र एम्बुलेन्स पठाएको बताएका छन् । कम्तिमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्