एक युवतीमाथि शुक्रबार दाउ प्रहार

१८ जेष्ठ- झापा, झापाको भद्रपुर नगरपालिकामा एक युवतीमाथि शुक्रबार बिहान १०ः४५ बजे दाउ प्रहार भएको छ । भद्रपुर ९ हात्तीचोककी १७ वर्षीय युवतीलाई सोही ठाउँका १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका हुन् ।

कर्णले युवतीको टाउको र हातमा दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते भएकी युवतीको भद्रपुरकै ओम साई अस्पतालमा उपचार भइरहेको प्रहरीले जानएको छ।

दाउ प्रहार गर्ने कर्णलाई पक्राउ गरिएको छ । घटनामा के कारणवश युवतीमाथि आक्रमण भएको हो भन्ने कुरा खुलेको छैन । ‘घटना लगत्तै ती युवालाई पक्राउ गरि सकिएको र अनुशन्धान सुरु भई सकेको प्रहरीले जनाएकमोृ छ

प्रतिक्रिया दिनुहोस्