कैलालीको टीकापुरमा तापक्रमले तोड्यो रेर्कड, तापक्रम ४५.२ डिग्री पुग्यो

१८ जेष्ठ – कैलाली, कैलालीको टीकापुरमा तापक्रम बढेको छ। टीकापुरमा तापक्रम मापन गर्न थालेयताको ४८ वर्षमा सबैभन्दा उच्च ४५।२ डिग्री सेल्सियस पुगेको छ।

बुधवार देशभरमै सबैभन्दा बढी ४३.५ डिग्री मापन भएको टीकापुरमा एकैदिन १.६ डिग्री सेल्सियसले बढेर सोही स्टेसनका लागि अहिलेसम्मको रेकर्ड ब्रेक भएको हो। टीकापुरमा २४ मार्च १९७६ देखि तापक्रमको रेकर्ड राख्न थालेयता सबैभन्दा बढी १३ र १४ जुन २०१२ मा ४५ डिग्री पुगेको थियो, जुन टीकापुरका लागि रेकर्ड ब्रेक तापक्रम थियो।

तर, बिहीवार उक्त रेकर्ड पनि ब्रेक भएको हो। जल तथा मौसम विज्ञान विभागको भैरहवा कार्यालयका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार भारतको राजस्थान, दिल्ली क्षेत्रको तातो हावा धनगढी, टीकापुर, नेपालगन्ज क्षेत्रमा पुगेको छ, यसले तापक्रम बढाउन अझ मद्दत गरेको हो।

प्रतिक्रिया दिनुहोस्