बैतडीमा ट्रक दुर्घटना

१८ जेष्ठ- बैतडी, बैतडीमा ट्रक दुर्घटना भएको छ।

शुक्रबार बिहान धनगढीबाट सिमेन्ट र तारजाली बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका– ६ भञ्ज्याङ भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय मदन महरा र ट्रक चालक पाटन नगरपालिका–८ का ३५ वर्षीय लोकेन्द्रसिँह मडै घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ। ट्रक सडकबाट २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्