अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई जना नेपालीको मृत्यु

१६ जेष्ठ- अस्ट्रेलिया, अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको स्थानिय प्रहरीले जनाएको हो।

सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको बताइएको छ।

स्थानीय समयअनुसार करिब २स्४५ बजे माछा मारिरहेका दुई जना चट्टानबाट पानीमा खसेक थियो ।

घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ। तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्