स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

१५ जेठ- बर्दिया, पौडी खेल्ने क्रममा ‘स्विमिङ पुलमा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ ।

कृष्णसार रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थियो।

मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेका छन
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्