एनसेलले ४ अर्ब पहिलो किस्ता बापत तिरेरअनुमति पत्र नवीकरण गर्न निवेदन दर्ता गरेको छ

१५ जेष्ठ- काठमाडौं,  नेपाल दूरसञ्चार प्राधिकरणलाई सोमबार ४ अर्ब रुपैयाँ बुझाउँदै एनसेलले तेस्रो नवीकरणका लागि किस्ता सुविधा माग गरेको छ ।

अनुमति पत्रको म्याद सकिनुभन्दा तीन महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने कानूनी प्रावधान छ । एनसेलको अनुमति पत्रको म्याद आगामी भदौ १६ गते सकिँदैछ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जीएसएम मोबाइल सेवाको अनुमति पत्र नवीकरणका लागि निवेदन दिएको छ ।

यस पटकको नवीकरणबाट कम्पनीले आगामी ५ वर्ष अर्थात २०८६ सम्म सेवा सञ्चालन गर्न पाउनेछ ।

पहिलो १० वर्षपश्चात प्रत्येक ५र५ वर्षमा २० अर्ब रुपैयाँ तिरेर अनुमति पत्र नवीकरण गर्नुपर्ने प्रावधान छ । ​​

यसअधि पनि सरकारले नेपाल टेलिकम र एनसेललाई पहिलो र दोस्रो नवीकरणका लागि किस्तामा सुविधा उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्