पपुआ न्यू गिनीमा गएको पहिरोमा कम्तिमा ६७० जना मानिस पुरिएको हुन सक्ने आकंलन

१३ जेष्ठ – पपुआ न्यू गिनी, पपुआ न्यू गिनीमा गएको पहिरोमा कम्तिमा ६७० जना मानिस पुरिएको हुन सक्ने आकंलन गरिएको छ

शुक्रबार त्यहाँको दूर्गम एन्गा प्रान्तमा पहिरो गएको थियो । सो पहिरोमा परेर १५० भन्दा धेरै घरहरू पुरिएको छ । माटो खस्ने क्रम जारी रहेकोले उद्धारकर्मी समेत जोखिममा रहेको बताइएको छ ।

पहिरोमा परेर मर्नेको संख्या अझै थाहा नभएको र यकिन तथ्यांक आउन अझै समय लाग्ने केयर अष्ट्रेलियाका प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्