खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

११ जेष्ठ- इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

माई खोलामा पौडी खेल्ने क्रममा डुबेर माई नगरपालिका-८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र ८ वर्षीय  किस्मन आङदाम्बेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।

लिम्बूको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्