सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिए

१० जेष्ठ- काठमाडौँ, सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।

बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका हुन । साथै उनी संगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्क विहीन बनेका छन् ।

उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन छैन। बिहीबार अपराह्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्