९ जेठ- काठमाडौँ, क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको उनले आफ्नो फेसबुक मार्फत उल्लेख गरेका छन । लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन ।
बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारीगरेका थिए । सन्दीपलाई विश्वकपमा पठाउन नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पनि उनिमाथिको निलम्बन फुकुवा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्