९ जेष्ठ- धुलिखेल, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन्।
काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन्।
मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका हुन।
प्रतिक्रिया दिनुहोस्