कुन मन्त्रिको नाममा कति सम्पति

८ जेष्ठ- काठमाडौं, कानुन मन्त्री पदम गिरीको सम्पत्तिः पर्वतको कुस्मामा १ रोपनी २ आना पैतृक जग्गा, २३ तोला सुन पैतृक सम्पत्ति, एभरेस्ट बैंकमा १ लाख रुपैयाँ नगद, न्यू एरा रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, पोखरामा ५० लाखको लगानी देखाएका छन् । यस्तै ४० लाख रुपैयाँ ऋण देखाएका छन् ।

शिक्षा मन्त्री सुमना श्रेष्ठको सम्पत्तिः बैंक खातामा १ करोड ५२ लाख र उनका श्रीमान् पावल स्विन्स्कीको नाममा ५ करोड ५७ लाख ८४ हजार ११९ गरी कुल ७ करोड ९८ लाख चार हजार ११९ , काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा, चल सम्पत्तितर्फ ११ तोला सुन , १०० तोला चाँदी विवाहमा उपहार पाएको र हिराको सेट

वन मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ति विवरणः ९ वटा घर, उनको परिवारको नाममा १५ ठाउँमा जग्गा, श्रीमती सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी, सुमित कुमारसँग ३५ तोला सुन, माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन, विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद मौज्दात, जानकी फन पार्र्कमा मञ्जु साहको नाममा १ करोड २५ लाखको सेयर

कृषि मन्त्री ज्वालकुमारी साहको सम्पत्ति विवरणः पुर्ख्यौली जग्गा, जीतपुर सिमरा उपमहानगरपालिका, श्रीमान् अमृत शर्मा बजगाइँको जीतपुर सिमरामा नै ५० कठ्ठा पुर्ख्‍यौली सम्पत्ति, सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा, सुन १० तोला, चाँदी २५ तोला पुर्खेली सम्पत्ति, बैंकमा, ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार, ४ कठ्ठामा भनेको अढाई तल्लाको घर अंशबण्डाबाट प्राप्त

अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरणः बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ, रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर पैतृक सम्पत्ति

रक्षामन्त्री हरि उप्रेतीको सम्पत्ति विवरणः सर्लाहीमा साढे १५ कट्ठा पुर्ख्यौली जग्गा, श्रीमतीको नाममा साढे १५ कट्ठा, छोराको नाममा २० कट्ठा जग्गा, सुन २५ तोला, १६ लाखको गाडी

सञ्चार मन्त्री रेखा शर्माको सम्पत्ति विवरणः कीर्तिपुर नगरपालिका वडा नम्बर ७ जाखामा ६ आना जग्गा र साढे २ तलाको घर छ भने प्यूठानमा श्रीमान् कृष्णध्वजको नाममा एउटा र कृष्णध्वज, हरि खड्का, घमानसिंह खड्काको नाममा अर्को घर छ । उनले यी घर प्राप्तिको स्रोत पैतृक, सगोल भनेर उल्लेख गरेकी छन् ।

चल सम्पत्तिमा सुन ६ तोला र चाँदी २ तोला, राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत , आफू, श्रीमान् र छोरीहरूका नाममा विभिन्न कम्पनीमा करिब १५ सय कित्ता शेयर, राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख ऋण, ३६ लाख तिरेर हुन्डाइको कार

प्रतिक्रिया दिनुहोस्