आरजु राणाको भनाई “टीकापुरको जग्गा मैले ५० हजारमा किनेको”

८ जेष्ठ – काठमाडौं, मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई चुनौती दिएकी छिन्।

‘उनले भनिन्ः उनीहरू पावरमा छन्। जे-जे छन् फाइल खोलेर हेरे हुन्छ। मनगढन्ते कुरा गरेर हुँदैन, प्रमाण चाहिन्छ।’ ‘टीकापुरको जग्गा मैले ५० हजारमा किनेको हो। त्यसको सबै रिपोर्ट गरिसकेको छ। मैले ०५३ सालमा किनेको हो। घोटाला भएको ०६८ साल पछि हो। तपाईंहरू आफैं गएर कागजात खोलेर हेर्नुहोला।’

प्रतिक्रिया दिनुहोस्