थलीमा मृत अवस्थामा फेला परेका नगरकोटीले आत्महत्या गरेको हुनसक्ने

८ जेष्ठ- काठमाडौं, भक्तपुर नगरपालिका–७, छालिङका शव मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मृत अवस्थामा फेला परेका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाको प्रकृति हेर्दा उनको हत्या गरिएको आशंका प्रहरीले गरेका थिए । घटनास्थलमा रगत लागेको ‘ब्लेड’ समेत फेला परेको थियो । तर, प्रारम्भिक अनुसन्धानबाट उनी आफैँले ब्लेडले घाँटीमा काटेर आत्महत्या गरेको हुनसक्ने खुलेको एक अनुसन्धान अधिकारीले जानकारी दिए ।

नगरकोटीका छोरा २१ वर्षीय रिचेनलाई फर्पिङबाट घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । उनी समेत आत्महत्या गर्ने उदेश्यले फर्पिङ पुगेको प्रहरीले जनाएको छ । प्रहरीले रिचेनसहित उनकी दिदी रश्मीलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्