गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कांग्रेसको सरकारसँग माग

८ जेष्ठ – काठमाडौं, सहकारी प्रकरणमा छानबिन समिति गठनको बिषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिने अवस्थाका बीच सदनमा नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा वागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन्।

सदनमा आफ्नो मन्तव्य राख्दै नेता पाण्डेले भने ‘एउटै खालको अभियोग भोगिरहेका माननीय गिता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौँ। एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो रु’

उनले अघि भने, ‘यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दाबी छ– म यसमा संलग्न छैन। त्यसो हो भने संसदीय छानविन समिति बनाउ। दाबी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस, सफाई पाउनुहोस्। दाबी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस्। हाम्रो यति मात्रै आग्रह हो।’

प्रतिक्रिया दिनुहोस्