भारतको कर्नाटकमा नेपाली दाजुबहिनीको शङ्कास्पद मृत्यु

८ जेष्ठ – काठमाडौं,  बैतडीको पुरचौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ।

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए। मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। शव अस्पतालमै छ। मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्