बालेन शाहको आक्रोश “को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन”

७ जेष्ठ-  काठमाडौं, बालेन शाहले आज आफ्नो फेसबुक बाट एक खरो पोष्ट गरेका छन ।

पोष्टमा बालेन शाहले भ्रष्टलाई समाउन न सक्ने तर , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समात्ने भन्नेकुरा उल्ल्ेख गरेका छन् ,उनले आफ्नो पोष्टमा जव सम्म ति ४ जनालाई छोडिदैन तव सम्म कुनै पनि सरकारी कार्यालयबाट फोहर न उठाउने साथै सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर पनि न उठाउने कुरा प्रष्ट्याएका छन।

उनले सरकार प्रति आक्रोस पोख्दै यस्तो पोष्ट आफनो सामाजिक संजाल फेसबुकमा लेखेका हुन ।
संसदमा राजनितिक दलहरुको रस्साकस्सी चली रहदा बालेन शाहले सरकारले भ्रष्टहरुलाई समाउन छोडी फोहोर चालकलाई पक्राउ गरेको प्रति आफ्नो आक्रोस पोखेका हुन ।

बालेन शाहले झनै आक्रोस पोख्दै अन्तिमा यस पक्राउ घटना लिएर को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन समेत भनेका छन.

घटनाको विष्तृत बिवरण आउन बाकी छ

बालेन शाह आफ्नो फेसबुकमा लेख्छनः भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।
को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन

प्रतिक्रिया दिनुहोस्