सुर्खेतमा बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत

७ जेष्ठ- वीरेन्द्रनगर, सुर्खेतको कटकुवामा भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका(६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका(३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।

साढे १ बजे दैलेखको दुल्लु नगरपालिका(११, भुकाहाँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कटकुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २१ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्