६ जेष्ठ- कञ्चनपुर, कञ्चनपुरबाट प्रहरीले चार लाख मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।
बरामद गरेको सामानमा एक थान मोटरसाइकल, पानछाप सुर्ती, प्लाष्टिक, दाल, मिठाई, मिश्री, चिनी, गाडीको वासर, हेण्ड बक्स, प्याज, नमकिन, लेडिज कुर्ता, चामललगाएतका सामान रहेका छन्। बरामद गरेको सामान कारवाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।
प्रतिक्रिया दिनुहोस्