एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

६ जेष्ठ- धनकुटा, सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्