आँधीका कारण अमेरिकामा चार जनाको मृत्यु

४ जेष्ठ- अमेरिका, अमेरिकाको टेक्सस र लुइजियानामा शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर र व्यवसायहरूमा बिजुलीको पहुँच ठप्प भएको छ ।

रुख ढल्दा दुई जनाको मृत्यु भएको बताइएको छ । क्रेन दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको थियो ।
गल्फ कोष्ट क्षेत्रमा थप बाढीको चपेटामा आउन सक्ने बताइएको छ ।

आँधीबेहरीका कारण ह्यूष्टनमा कयौँ भवनमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्