४ जेष्ठ – काठमाडौं, मिति २०८०।११।१२ गते अं.२०:३५ बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.०१ गैरीचोक स्थित ऐ.ऐ.बस्ने वर्ष ३७ को विनोद गिरीलाई लक्षित गरी गोली प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना र संगठित अपराध कसुरमा मुद्दा दर्ता भई वारदात पश्चात फरार रहेका मुख्य प्रतिवादी सन्तोष गिरीलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।०३ गते भक्तपुर जिल्ला सुर्यविनायकबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाईएको ।
प्रतिक्रिया दिनुहोस्