८ करोड बराबरको कोकिनसहित तीन जना पक्राउ

३ जेष्ठ- काठमाडौं,  युगान्डाबाट आएका दुई जना महिलालाई करिब ८ करोड रुपैयाँको प्रतिबन्धित लागूऔषध कोकिनसहित प्रहरीले प्रकाउ गरेको छ।

बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई जना र जिम्मा लिन आएकी एक जना भारतीय महिलालाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरुमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्