एकैदिन अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुर चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ४० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका-५ बस्ने ३८ वर्षीय सुरेन्द्र शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५६ मिलिग्रामसहित कैलाली गोदाबरी नगरपालिका-२ अत्तरीया बस्ने २५ वर्षीय समिर बसुवालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी र प्रस्तावित सिमा सुरक्षा गुल्म बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुर बेलौरी  नगरपालिका-७ कालो पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित शुक्लाफाटा नगरपालिका-१ वन्साह बस्ने २१ वर्षीय पारस बिष्ट समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले बा.६० प ९२२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९८ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका-६ हलेशी चोक बस्ने ३१ वर्षीय सुजन घिमिरे र २२ वर्षीय महेश खत्री रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४० प २४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-२ स्थित हिमालय माध्यमिक विद्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५ सय मिलिग्रामसहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेष बहादुर भुजेल, १९ वर्षीय किरण थापा र सोही नगरपालिका-५ बस्ने २६ वर्षीय प्रकाश लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्