सन्दीप लामिछानेले पाए बलात्कार मुद्दामा सफाइ

२ जेष्ठ- काठमाडौँ,  उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

फैसला आउँदा उनी  उच्च अदालत पाटनमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्